२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

मेलम्ची परियोजनालाई सुरक्षित बनाउन लागिरहेका छौँ : खानेपानी मन्त्री मेहता

मंगलवार , बैशाख १५, २०८३

  • 247
    Shares
  • 247
    Shares
  • काठमाडौं, १५ बैशाख । खानेपानी मन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । 

    मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा उहाँले मेलम्ची परियोजनालाई दीगो र सुरक्षित बनाउन सरकार गम्भिर रहेको बताउनुभएको हो । मेलम्ची परियोजना काठमाडौं उपत्यकावासीको स्वच्छ खानेपानी पिउने आशाको केन्द्र भएको उल्लेख गर्दे उहाँले यसमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

    मेलम्ची खानेपानी आयोजना अझै पनि विभिन्न समस्या र चुनौतीले घेरिएको अवस्थामा रहेको उहाँको भनाई छ । मेलम्चीलाई दिगो र सुरक्षित बनाउने विषयमा मन्त्रालयमा पटकपटक छलफल भईरहेको बताउनु भयो ।

    यद्यपि ठोस निष्कर्षमा पुग्न भने बाँकी नै रहेको उहाँको भनाई छ । परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य तथा जोखिममुक्त बनाउने उल्लेख गर्नुभयो । उहाँले सरकारको पहिलो प्राथमिकतामा अलपत्र परेका खानेपानी योजनाहरू रहेको पनि जानकारी दिनुभयो । अलपत्र परेका योजनाहरुको समस्या पहिचान गरी समाधान खोज्ने उहाँको भनाई छ । 

    उहाँले भन्नुभयो, ‘मेलम्ची काठमाडौ उपत्यकाबासीको आशा र भरोसाको परियोजना हो । यसमा अझै पनि धेरै समस्याहरु रहेको छ । यसलाई कसरी दीगो बनाउन सकिन्छ, कसरी यो परियोजनालाई सुरक्षित बनाउन सकिन्छ, भनेर हामी पटक पटक छलफल गरिरहेका छौँ । यसको निचोडमा हामी पुगिसकेका छैनौ ।

    हामीले पहिलो प्राथमिकतामा अलपत्र खानेपानी योजनामा राखेका छौँ । समस्या पहिचान गरि समाधानको लागि हामीले सरोकारवालाहरुसंग गहन रुपमा छलफल गरिरहेका छोँ । खानेपानीमा एकदमै कम बजेट छ, त्यो कम बजेटमा पनि हामीले एकदमै आवश्यक रहेको क्षेत्रका योजनामा काम गरिरहेका छौँ ।’

    उहाँले खानेपानी क्षेत्रमा बजेट अत्यन्त सिमित रहेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनलाई