२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं : सरकार

सोमवार , बैशाख १४, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • काठमाडौं, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पार्नुभएको छ । 

    सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले त्रिविसँग नयाँ लिज एग्रिमेण्ट गरिने बताउनुभएको हो ।

    उहाँले विश्वविद्यालय र खेलमैदान राज्यकै निकाय र लगानी भएको भन्दै नयाँ तवरले सम्झौता गरेर अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन् । भत्किने भन्ने हुँदैन ।’ 

    त्रिभूवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ ।