२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

‘८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन’ : सुरेन्द्र पाण्डे

सोमवार , बैशाख १४, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • काठमाडौं, १४ बैशाख । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको बदलिँदो सामाजिक संरचना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझेर मात्रै अबको राजनीति सफल हुने बताउनुभएको छ । 

    मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘मदन भण्डारी, सामाजिक एकता र राष्ट्र निर्माण’ विषयक विचार गोष्ठीमा बोल्दै पाण्डेले पुरानो शैलीको राजनीतिले आजको आवश्यकता पूरा गर्न नसक्ने तर्क गर्नुभएको हो । नेपालका राजनीतिक दलहरूले आफ्नो वर्ग आधार पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभाये ।

    उहाँले केवल १७ प्रतिशतको मात्र कुरा गरेर र ८३ प्रतिशत डोमिनेन्ट मध्यम वर्गलाई उपेक्षा गरेर अब कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने ठोकुवा गर्नुभयो ।

    जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता चर्चा गर्दै पाण्डेले मदन भण्डारीले जहिले पनि शास्त्रभन्दा जीवन्त यथार्थलाई महत्त्व दिएको स्मरण गर्नुभयो । पार्टीहरूले हिजोको भूमिगतकालीन मानसिकता र नियन्त्रणमुखी शैली नत्यागे नयाँ पुस्ता राजनीतिमा नआउने उहाँको चेतावनी छ ।  

    पाण्डेले भन्नुभयो, ‘२००६ सालमा पार्टी स्थापना हुँदा ९० प्रतिशतभन्दा बढी मानिस गरिब थिए, तर आज परिस्थिति फेरिएको छ । अहिले १७.४ प्रतिशत मात्र गरिबीको रेखामुनि छन् भने ८३ प्रतिशत जनसंख्या मध्यम वर्गमा उक्लिएको छ । हामी केवल किताब र यान्त्रिक कुराबाट समाधान खोज्ने कि वास्तविक जीवनबाट ? जीवन मुख्य कुरा हो, किताव होइन ।

    मदन भण्डारीले विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला जीवन्त तथ्यहरूबाट निष्कर्ष निकालेर नेपाली क्रान्तिलाई नयाँ उचाई दिनुभएको थियो ।’
    नेता पाण्डेले अबको राष्ट्रियता ‘आर्थिक राष्ट्रियता’ हुनुपर्ने बताउनु भयो ।