आइतवार , बैशाख १३, २०८३
भैरहवा, १३ वैशाख । लियो क्लब अफ सिद्धार्थनगर युथको नवौं वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ।आइतबार भैरहवामा सम्पन्न क्लबकोसाधारण सभाले अभिषेक ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसअघि ठाकुरले क्लबमा प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा तामेश्वर मल्लाह, द्वितीय उपाध्यक्षमा अभिनाश मल्लिक, तृतीय उपाध्यक्षमा अमन शाह, सचिवमा विमल खनाल र कोषाध्यक्षमा रंजित राई चयन हुनुभएको निर्वाचन अधिकृत तथा क्लबका निवर्तमान अध्यक्ष सौरभ लाभले बताउनुभयो ।
वर्ष २०२५/०२६ को अध्यक्षको जिम्मेवारी पाउनुभएका अभिषेक ठाकुरले लियो क्लबको मर्म अनुसार सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु अगाडि बढाउने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
