२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

ट्रम्पद्वारा इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिहरूको पाकिस्तान भ्रमण रद्ध

आइतवार , बैशाख १३, २०८३

  • 253
    Shares
  • 253
    Shares
  • काठमाडौं, १३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी पक्षसँग भेट्न पाकिस्तानको इस्लामावाद जान लागेका अमेरिकी प्रतिनिधिहरूको भ्रमण रद्ध गरेको घोषणा गर्नुभएको छ ।

     ट्रम्पले भन्नुभयो, ‘तपाईंले सायद सुन्नुभयो होला कि हामीले भ्रमण रद्ध गरेका छौं । हामीसँग सबै परिस्थिति अनुकूल छ । पर्याप्त नभएको कागजात दिनका लागि जहाजमा १५ घण्टा बिताउँदै आउने–जाने गरिरहन हामी चाहँदैनौं ।

    त्यसैले हामी टेलिफोनमार्फत कुरा गर्नेछौं, र उनीहरूले चाहेको बेला हामीलाई फोन गर्न सक्छन् । फेरि पनि भन्छु, हामीसँग सबै कुराको नियन्त्रण छ । उनीहरूसँग व्यावहारिक रूपमा कुनै सेना बाँकी छैन, उनीहरूसँग कुनै नेता बाँकी छैनन् । नेताहरू को हुन् भन्ने हामीलाई थाहा छैन । नेता को हो भनेर कसैलाई थाहा छैन, मलाई लाग्दैन कि उनीहरूलाई नै आफ्ना नेता को हुन् भन्ने थाहा छ । यो धेरै महत्वपूर्ण छ । त्यसैले तपाईंले त्यो देख्नुभयो ।’

    यसअघि शनिवार ट्रम्पले फक्स न्युजलाई बताउनुभएको थियो कि उहाँले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टिभ विटकफको पाकिस्तान भ्रमण रद्ध गर्नुभएको छ ।

    अन्तर्वार्तामा ट्रम्पले दाबी गर्नुभयो कि इरानसँगको द्वन्द्वमा अमेरिका बलियो स्थितिमा रहेकाले अमेरिकी प्रतिनिधिमण्डलले पाकिस्तानसम्म १८ घण्टाको उडान भर्नु उचित छैन । विटकफ र कुश्नर यस सप्ताहन्तमा अमेरिका–इरान वार्ताको दोस्रो चरणका लागि पाकिस्तान जाने कार्यक्रम थियो ।