आइतवार , बैशाख १३, २०८३
काठमाडौं, १३ बैशाख । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयकाअनुसार पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफ र इरानी विदेश मन्त्री सैयद अब्बास अराक्चीबीच शनिवार इस्लामाबादमा भेटवार्ता भएको छ ।
कार्यालयले जनाएअनुसार सो भेटमा पाकिस्तानी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इसहाक दार र सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर पनि सहभागी थिए । इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अराक्ची आएपछि शुक्रवार र शनिवार पाकिस्तानी र इरानी अधिकारीहरूबीच शृङ्खलाबद्ध बैठकहरू भएका थिए ।
पाकिस्तानी स्रोतहरूकाअनुसार यी बैठकहरू इरान र संयुक्त राज्य अमेरिकाबीच सम्भावित वार्ताका प्रस्तावहरूमा केन्द्रित थिए । स्रोतहरूकाअनुसार इरानले वार्ताका क्रममा आफ्ना सर्त र प्रश्तावहरूमा जोड दिएको थियो भने द्वन्द्व अन्त्यका लागि कूटनीतिक संलग्नताको भविष्यको मार्ग तय गर्न प्रतिवद्ध रहेको जनाएको थियो ।
स्रोतकाअनुसार शुक्रवार राति ढिलो उच्चस्तरीय बैठक बसेको थियो जसमा इरानी पक्षले संयुक्त राज्य अमेरिकाद्वारा पठाइएका प्रश्तावहरूको जवाफका साथै प्रमुख मागहरूमा आफ्नो स्थिति सार्वजनिक गरेको थियो ।
मध्यस्थकर्ताको रूपमा भूमिका खेलेका पाकिस्तानी अधिकारीहरूले वाशिंगटनबाट सन्देशहरू पु¥याएका थिए, जसपछि इरानी प्रतिनिधिमण्डलले बैठक निष्कर्षमा पुग्नुअघि आफ्नो दृष्टिकोण प्रश्तुत गरेको थियो ।
शनिवार पनि छलफल जारी रह्यो, जसमा इरानी प्रतिनिधिमण्डलले दुवै पक्षको जवाफ समीक्षा गर्न र सम्भावित अर्को कदमको मूल्याङ्कन गर्न पाकिस्तानी मध्यस्थकर्ताहरूसँग धेरै चरणको बैठकमा संलग्न भयो ।
स्रोतहरूले बताएअनुसार इरानी पक्षले क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्ने उद्देश्यले पाकिस्तानको नेतृत्वले गरेको अथक र इमानदार प्रयासको प्रशंसा गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
