२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

गाजामा २० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचन

आइतवार , बैशाख १३, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • काठमाडौं, १३ बैशाख । प्यालेस्टिनीहरूले शनिवार गाजामा २० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचनमा मतदान गरेका छन् ।

    यद्यपि यो प्रक्रिया गाजाको मध्य क्षेत्रमा रहेको देइर अल–बलाह शहर र वेस्ट बैंकमा मात्र सिमित थियो । प्यालेस्टिनी केन्द्रिय निर्वाचन आयोगकाअनुसार देइर अल–बलाहमा साँझ ५ बजेसम्म र वेस्ट बैंकमा साँझ ७ बजेसम्म मतदान जारी रह्यो । आयोगले प्यालेस्टिनी क्षेत्रहरूमा करिव १.३ मिलियन मतदाता योग्य रहेको बताएको छ ।

    जसमा देइर अल–बलाहका करिव ७० हजार मतदाता समावेश छन् । निर्वाचनले प्यालेस्टिनी क्षेत्रका १८३ स्थानीय निकायहरूलाई समेटेको छ । जम्मा १ सय ८३ स्थानीय निकायका लागि ३ सय २१ चुनावी सूचीहरू प्रतिष्पर्धामा छन्, जसमा ३ हजार ७ सय ७३ उम्मेदवारहरू नगरपालिका सिटका लागि र १ हजार ३ सय ५८ उम्मेदवारहरू गाउँ परिषदका लागि प्रतिष्पर्धा गरिरहेका छन् । 

    देइर अल–बलाहमा चारवटा चुनावी सूचीहरू प्रतिष्पर्धामा छन् । प्रत्येक सूचीमा १५ उम्मेदवारहरू छन्, जसमा कम्तीमा चार जना महिला हुनु अनिवार्य गरिएको छ । सन् २००६ मा हमासले गाजाको नियन्त्रण लिएपछि त्यहाँ पहिलो पटक स्थानीय चुनाव भएको हो। राजनीतिक विभाजन र विभिन्न द्वन्द्वका कारण विगत २० वर्षदेखि निर्वाचन हुन सकेको थिएन ।