२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

मनोहराको सुकुम्बासी बस्तीमा डोजर

आइतवार , बैशाख १३, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • काठमाडौं, १३ बैशाख । मनोहरास्थित सुकुमसी बस्तीमा आज सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ ।

    अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा बल प्रयोग गरेको हो ।

    बस्ती भत्काउनका लागि ठूला डोजर (जेसीबी) हरू तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्नो छाप्रोको छाना र बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ ।

    आफ्नो बस्ने बास खोसिएपछि उनीहरू घरायसी सामानहरू कसेर ट्रकमा लोड गरेर सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् । सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र पूर्ण तयारीका साथ सुरक्षाकर्मीहरू त्यहाँ तैनाथ छन् ।

    डोजरको प्रयोग र सुरक्षा निकायको उपस्थिति बाक्लो बनाइँदा सो क्षेत्रमा तनाबको स्थिति सिर्जना भएको छ ।