२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

कुहिने फोहोर प्रत्येक दिन उठाइएको छ, ट्याक्टर नआए खबर गर्नुस् : सिद्धार्थनगर नगरपालिका

शनिवार , बैशाख १२, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, १२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रबाट प्रत्येक दिन कुहिने फोहोर उठाइएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले आफ्नै घरमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न नगरबासीमा आग्रह गर्नुभएको छ ।

    ‘नगरपालिकाले कुहिने फोहोर संकलन गरिरहेको छ, फोहोर संकलन गर्ने ट्याक्टर नआए नगरपालिकाको कार्यालयमा जानकारी गराउन सम्पूर्ण नगरबासीमा अनुरोध गर्दछौं, ’उहाँले भन्नुभयो ।

    साथै नगरपालिकाले नकुहिने फोहोर अर्को सूचना जारी नभएसम्मका लागि घरमै व्यवस्थापन गर्न नगरबासीमा अनुरोध गरेको छ । सार्वजनिक सडकमा फोहोर फालेमा रु. ५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिने नगरपालिकाले जनाएको छ । 

    सर्वोच्च अदालतले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा खोलामा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको थियो ।