२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

ग्याँस विक्रेता संघ रुपन्देहीको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन

शनिवार , बैशाख १२, २०८३

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, १२ वैशाख । ग्याँस बिक्रेता संघ रुपन्देहीको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शनिबार (आज) बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै ग्याँस विक्रेता संघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालले विश्व बजारमा भएको इन्धन संकटका कारण नेपालमा जटिल समस्या उत्पन्न हुने सम्भावना रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय राजनीति र मध्यपूर्व र पश्चिम एसियामा जारी युद्धका कारण नेपालमा यसको प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै अध्यक्ष अर्यालले आफूसँग विकल्प नभएका कारण संकट भोग्नुको विकल्प नरहेको बताएका छन् । 

    कार्यक्रममा संघका पूर्वअध्यक्ष सागरमणी अग्रवालले समस्त ग्याँस व्यवसायीका समस्या समाधान गर्न सबै एकताबद्ध भएर काम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले व्यवसायीलार्ई पनि ईमान्दारिता र व्यवस्थित कारोबारको प्रतिवद्धता व्यक्त गर्न समेत आग्रह गर्नुभयो ।

    त्यसै गरी संघका लुम्बिनी प्रदेश अध्यक्ष ईन्द्र कुमार श्रेष्ठले उद्योग व्यवसायलाई राज्यको नियम कानून अन्तर्गत रहेर काम गर्ने वातावरण राज्यले नै निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा ग्याँस विक्रेता संघ रुपन्देहीका संस्थापक अध्यक्ष सहदेव श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, बुटवल ग्याँस उद्योगका सञ्चालक भुपाल कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, ग्याँस व्यवसायी कृष्ण प्रसाद पौडेल लगायतले ग्याँस व्यवसायीहरुका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्नुभएको थियो ।