२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

सिद्धार्थनगरमा जथाभावी फोहोर फाल्नेमाथि कडा निगरानी, फोटो-भिडियो पठाए पुरस्कार !

शनिवार , बैशाख १२, २०८३

  • 418
    Shares
  • 418
    Shares
  • भैरहवा, १२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक, सार्वजनिक स्थान र गल्लीमा जथाभावी फोहोर फाल्ने व्यक्तिहरूमाथि सूक्ष्म अनुगमन बढाएको छ । नगरबासीबाट समेत सहयोग माग्दै फोहोर फालेको देखिएमा फोटो वा भिडियो खिचेर नगरपालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको छ ।

    नगरपालिकाले फोटो-भिडियो उपलब्ध गराउने व्यक्तिलाई उचित पुरस्कार को व्यवस्था गरेको छ । जानकारी गराउने व्यक्तिको नाम, ठेगाना र विवरण पूर्ण गोप्य राखिने नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाको प्रशासन महाशाखाका प्रमुख देव प्रसाद ज्ञवालीका अनुसार बढी फोहोर फालिने स्थानहरू पहिचान गरी बिहान–साँझ नगर प्रहरी परिचालन गरिएको छ । 

    फोहोरमैलाको दीगो व्यवस्थापनको लागि नगरपालिका निरन्तर लागिरहेको र व्यवस्थापनको टुंगो नलागेसम्म तत्काललाई आ-आफ्नो स्थानबाट सहयोग गर्न नगरप्रमुख इश्तियाक अहमद खाँले नगरबासीलाई आग्रह समेत गर्नुभएको छ ।