२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

लोकतन्त्र दिवसमा शान्ति समाज रुपन्देहीको नागरिक सम्वाद

शनिवार , बैशाख १२, २०८३

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, १२ वैशाख । २० औं  लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले नागरिक सम्वाद सम्पन्न गरेको छ ।  सद्भाव प्रवद्र्धन, विधिको शासन र लोकतन्त्रको संरक्षण विषयक नागरिक सम्वाद केन्द्रित रहेको थियो ।

    नागरिक सम्वादमा शान्ति समाजले प्रस्तुत गरेको अवधारणापत्रमाथि अधिकारकर्मी,  प्राध्यापक, वकील, राजनैतिक दलका नेता, नव युवा, अभियन्ता, पत्रकारहरुबीच लोकतन्त्रको सन्दर्भमा बहस भएको थियो ।

    कार्यक्रममा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनाल, प्राध्यापक संघ नेपालका पूर्व अध्यक्ष डा. बुद्ध बहादुर थापा, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य, उच्च अदालत बुटवल बारका अध्यक्ष गोविन्द मरासिनी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजन पाण्डे, नेपाली काँग्रेसका नेता प्रजापाल गिरी, नेकपा एमालेका नेता बाबुराम पन्थी,  नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र भुसाल, रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्री,  बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराई,  नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री, जेन्जी अभियन्ता ममता कार्की, गैरसरकारी सस्था रुपन्देही सचिव सावित्रा घिमिरे, पत्रकार रुद्रहरी कुँवर लगायतले लोकतन्त्रको सबलीकरण, राजनीति समाजबीच निकट सम्बन्ध र मैत्रीपूर्ण प्रतिष्पर्धा एवं विधिको शासन, कानूनी राज्य र जवाफदेहीता हुनुपर्नेमा जोड दिनुभएको थियो ।

    शान्ति समाज रुपन्देहीका सभापतिको अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत, निवर्तमान सभापति कृष्ण भट्टराईको धन्यवाद तथा कार्यसमिति सदस्य सीता पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे।