२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

नकुहिने फोहोर घरमै व्यवस्थापन गर्न सिद्धार्थनगरको अनुरोध

शनिवार , बैशाख १२, २०८३

  • 316
    Shares
  • 316
    Shares
  • भैरहवा, १२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नकुहिने फोहोर अर्को सूचना जारी नभएसम्मका लागि घरमै व्यवस्थापन गर्न नगरबासीमा अनुरोध गरेको छ ।

    शनिबार नगरपालिकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । ‘आजकै मितिदेखि सार्वजनिक सडकमा फोहोर फालेमा रु. ५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिनेछ । आफ्नै घरमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरौं, ’सूचनामा उल्लेख छ ।

    कुहिने फोहोर प्रत्येक दिन उठाइने नगरपालिकाले जनाएको छ ।