शनिवार , बैशाख १२, २०८३
भैरहवा, १२ वैशाख । रुपन्देहीमा प्रहरीले लागूऔषध ओसारपसार तथा सेवन गर्ने २० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतसमेतबाट खटिएको टोलीले २० जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको डीएसपी सापकोटाले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
