२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा नवनियुक्त मेसु गौतमद्वारा पदभार ग्रहण

शनिवार , बैशाख १२, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • बुटवल, १२ वैशाख । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरीटेण्डेण्ट (मेसु) पदमा नवनियुक्त डा. विष्णु गौतमले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । 

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, निवर्तमान मेसु डा. इन्द्र ढकाल, पूर्व मेसु डा. सुदर्शन थापा लगायतले बोल्दै सफल कार्यकालका लागि बधाईसहित शुभकामना व्यक्त गर्नुभयो । 

    2.jpg

    शुभकामना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले अस्पतालको व्यवस्थापन सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्य र लक्ष्य हासिल गर्ने गरी काम गर्न आग्रह गरे । उहाँले अस्पताल विकास समिति तथा अस्पताल परिवार सबैको एउटै लक्ष्य गुणस्तरीय र जनगुनासोरहित सेवा भएको बताउँदै सामूहिक प्रयास र सहकार्यमा जोड दिनुभयो ।

    सो अवसरमा बोल्दै मेसु डा. गौतमले अस्पतालमा प्राप्त जनशक्ति, उपकरण तथा प्रविधि र संरचनाको अधिकतम प्रयोग गरी स्वास्थ्य सेवा उपलब्ध गराउनेमा आफ्नो ध्यान केन्द्रीत रहने बताउनुभयो । उहाँले जनअपेक्षा र उपलब्ध स्रोतबीच ठूलो खाडल रहेको बताउनुभयो । मेसु डा.गौतमले प्रदेश तथा संघीय सरकारसँग आवश्यक सहयोग र समन्वयमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई मेसुको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    डा.गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुनुहुन्छ ।  लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उहाँलाई मेसुमा नियुक्त गरिएको मन्त्रालयले जनाएको  छ। 

    यस क्षेत्रकै सबैभन्दा ठुलो लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले सेवा लिने गरेका छन् ।