२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

भैरहवाबाट १९ वर्षिय युवक बेपत्ता

बिहिवार , बैशाख १०, २०८३

  • 391
    Shares
  • 391
    Shares
  • भैरहवा, १० वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ (भैरहवा) स्थित कठौतियामा बस्दै आएका एक युवक बेपत्ता भएका छन् । आफूहरुसँगै बस्दै आएका १९ वर्षिय सलमान खान गत वैशाख ५ गते शनिबार साँझदेखि घरबाट रिसाएर निस्किएपछि सम्पर्कबिहीन भएको युवकका भिनाजु कलामुद्दीन खानले बताउनुभयो । बेपत्ता भएका युवकले निलो रंगको टिर्सट र निलो रंग जिन्स पाइन्ट लगाएको कलामुद्दीनले जानकारी दिनुभयो ।

    उहाँले दिनुभएको जानकारी अनुसार अपांगता भएका व्यक्ति (हिंड्डुल गर्नमा असहजता र बोल्न असमर्थ) समेत रहेका सलमानको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

    यदि कसैले सलमानलाई कहीकतै देखेमा नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८११९८८०४३ मा जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ ।