२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

बुधवार , बैशाख ९, २०८३

  • 964
    Shares
  • 964
    Shares
  • दाङ, ९ वैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको १५ औं बैठक बुधबार (आज) दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ ।

    कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नेछन् । त्यसपछि प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    बैठकमा सार्वजनिक लेखा समितिका सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम पनि रहेको छ । त्यसैगरी बैठकमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।