२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

कृषि सहकारीमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

मंगलवार , बैशाख ८, २०८३

  • 277
    Shares
  • 277
    Shares
  • पाल्पा, ८ वैशाख । कचल कृषि सहकारी संस्था लि.तिनाउ गाउँपालिका–१, कचल, पाल्पाले आफ्नो सञ्चालक समिति, उपसमिति, स्थानीय महिला समूहका पदाधिकारी एवमं सदस्यका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । 

    मंगलबार कचलमा भएको तालिममा क्षमताको अर्थ, यसको क्षेत्र, वृद्धिका उपायहरु, सहकारीका सिद्वान्त, मूल्यमान्यता, बैठक सञ्चालन, माइन्यूट लेखन र निर्णय प्रक्रिया एवं पद्दतिका सन्दर्भमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो ।

    तालिममा संस्थाका अध्यक्ष भोजबहादुर छहरीमगरले स्थानीयस्तरमा गतिशील आफ्नो कृषि सहकारीले आर्थिक कारोबार मात्र नभइ सामाजिक उत्तरदायित्व र क्षमता अभिवृद्धि गर्ने तालिम, गोष्ठीको आयोजना गर्दै स्थानीयहरुलाई सशक्त बनाउँदै लगेको बताउनुभयो ।

    तालिममा सहभागीकोतर्फबाट चुना बगाले र हेमा घर्तीले छोटो समयको तालिममा सैद्वान्तिक तथा प्रयोगात्मक कक्षाहरुबाट आफूहरुले धेरै विषयवस्तु सिक्ने अवसर प्राप्त गरेकोमा खुसी प्रकट गर्नुभयो । उहाँहरुले आगामी दिनमा पुनर्ताजगी तालिमको अपेक्षा राखेको बताउनुभयो ।

    उक्त सहकारीले कचल क्षेत्रमा बेमौसमी तरकारी खेती गर्दै आइरहेको सचिव शान्ता खड्काले बताउनुभयो । क्षमता अभिवृद्धि तालिमले आफ्ना सञ्चालकहरुलाई दक्ष, योग्य र क्षमतावान बनाउने उहाँको भनाइ छ ।