२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

मंगलवार , बैशाख ८, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • दाङ, ८ वैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत १४ औं बैठक मंगलबार (आज) दिउँसो १ बजे बस्ने भएको छ । 

    प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ ।

    बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

    त्यस्तै सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारितको प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

    त्यसै गरी भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।