२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

गृहमन्त्रीको विवादित व्यवसायी भट्टसँगको साझेदारीबारे सरकारले तत्काल स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङदेन

सोमवार , बैशाख ७, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौं ,७बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङको सम्पती शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ ।

    भट्ट संवद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको काजजात सार्वजनिक भईरहेका बेला उहाँले सो बारे तत्काल स्पष्ट पार्न सरकार, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग माग गर्नुभएको हो । सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चार माध्याममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले स्टन्टको भरमा देश नचल्ने भन्दै सरकारको आलोचना समेत गर्नुभयो । अध्यक्ष लिङदेनले सरकारले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । 

    उहाँले भन्नुभयो,‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आईराखेको छ । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नु पर्छ । मैले अस्ती भर्खरै सञ्चार माध्याममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु । म लाईसेन्स नविकरण गर्न गएको थिए । लाईसेन्स पाईन तर बाँढीराखेको छ भनेर स्टन्ट गरिएको छ । अब त्यस्तो स्टन्टले देश चल्दैन ।’


    अध्यक्ष लिङदेनले वर्तमान सरकारले मुलुकको अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई स्थापित गरेर जानुपर्ने जिकिर समेत गर्नुभयो । त्यस अवसरमा उहाँले निर्वाचनमा पार्टीलाई सहयोग नगर्ने नेता, कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।