२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

प्रधानमन्त्री सँग विश्वविद्यालयका उपकुलपतिहरूको छलफल

सोमवार , बैशाख ७, २०८३

  • 667
    Shares
  • 667
    Shares
  •  

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने हुनुभएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाइएको छ।

    बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक समस्या, चुनौती र तिनका समाधानका उपायबारे छलफल हुने जनाइएको छ। साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा समेत केन्द्रित भएर संवाद गरिनेछ।

    छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू पनि बैठकमा आउने बताइएको छ । 

    यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ।

    सरकारले उच्च शिक्षामा देखिएका समस्याको समाधान खोज्न र सुधारका उपाय तय गर्न यो छलफललाई महत्वपूर्ण मानिएको छ।