२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पूर्व स्वास्थ्यमन्त्री बोहराद्वारा प्रतिष्ठान भवनलाई आइसोलेशन सेन्टर बनाउन अपिल

शनिवार , बैशाख २५, २०७८

भैरहवा, २५ वैशाख ।
पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराका बुवा स्व. प्रतिमान चन्द बोहरा र आमा स्व. नीमा बोहराको नाममा स्थापित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आइसोलेशन सेन्टर सञ्चालनका लागि आफ्नो भवन उपलब्ध गराउने भएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित सीता नर्सरीमा रहेको २ तल्ले १२ कोठे भवनमा अस्थायी आइसोलेशन सेन्टर सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।IMG_3040.JPG

दोस्रो चरणको कोरोना महामारी समुदायस्तरमा फैलिएको र अस्पतालहरुमा बिरामीको चाप बढ्नुका साथै बेडको अभाव भएकोले शुक्रबार बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले आइसोलेशन सेन्टरका लागि भवन उपलब्ध गराउने निर्णय भएको संस्थाकी अध्यक्ष विजया के.सी.ले बताइन् । कोभिड–१९ को कारण नेपाल सरकारको शिक्षा मन्त्रालयको निर्णय अनुसार भौतिक रुपमा विद्यालयमा पठनपाठन बन्द रहेकोले संस्थाको भवनलाई अस्थायी आइसालेशन सेन्टर सञ्चालनका लागि सहमति प्रदान गरिएको उनले जानकारी दिइन् । 

‘प्रतिष्ठानको भवनलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय जुनसुकै तहको सरकारले अस्थायी आइसोलेशन सेन्टरको रुपमा सञ्चालन गर्न सक्ने निर्णय गरेका छौं, ’प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन् । 

गत वर्ष पनि कोभिड–१९ को संक्रमणका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई सहयोग पुर्याउने उद्देश्यले २०७६ चैत ११ देखि करिब ९ महिना भवन परिसरमा क्वारेन्टिन, होल्डिङ सेन्टर, हात धुने ठाउँ र शौचालय निर्माण गरी नेपाली सेनाको समन्वयमा सञ्चालन गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए । संस्थाले अग्रपंक्तिमा रही काम गर्ने स्वाथ्यकर्मीहरुलाई कोरोनाविरुद्ध लड्न तालिम समेत प्रदान गरेको उनले जानकारी दिए ।159472228_5109867299055647_5077486045924991780_n.jpg

संस्थाले विगत १५ वर्षदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा प्राविधिक, महिला स्वास्थ्य शिक्षा, वातावरण र सामुदायिक क्षेत्रमा कार्य गर्दै आएको छ । कोरोना महामारीको बेला पनि प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको थियो ।