२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

४९ काटुन अवैध रेडबुल बरामद

शुक्रवार , बैशाख २४, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, २४ वैशाख ।  
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ४९ काटुन अवैध रेडबुल बरामद गरेको छ । प्रहरी कार्यालयबाट खटेको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट उक्त रेडबुल बरामद गरेको हो । 

    भारतबाट नेपालतर्फ भन्सार छली, चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा बिहीबार प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएर स्थानीयको रोहबरमा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    बरामद गरिएको रेडबुल शुक्रबार आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको थापाले जानकारी दिए ।