२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

अक्सिजन सिलिण्डर फिर्ता गर्न बुटवल उवासंघको आग्रह

शुक्रवार , बैशाख २४, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, २४ वैशाख । 
    कोभिड संक्रमित बिरामीलाई अक्सिजनको अभाव भएपछि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले उद्योगहरुमा स्टक अक्सिजन तत्कालको लागि फिर्ता गर्न उद्योगीहरुसंग आग्रह गरेको छ ।

    कोरोना संक्रमित बिरामीको संख्या दिनानुदिन थपिँदै जाँदा अस्पतालहरुमा अक्सिजनको अभाव भएको औंल्याउँदै उद्योग, व्यवसायमा रहेका खाली तथा भरेका अक्सिजन सिलिण्डर बुटवल उद्योग वाणिज्य संघमा वा बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंकमा जम्मा गरेर सहयोग गर्न आग्रह गरेको हो ।

    संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विज्ञप्ती जारी गरेर कोरोना भाईरस महामारीको विषम परिस्थितिमा संक्रमित बिरामीको जीवन रक्षाको योगदान गर्न समेत आग्रह गरिएको छ ।