२०८३, आषाढ ५ गते

Jun 19 2026 | २०८३, आषाढ ५ गते

‘थापाको राजीनामा स्वीकृत गर्नुहुन्न’ : काँग्रेस केन्द्रिय सदस्यहरु

शुक्रवार , चैत्र ६, २०८२

  • 973
    Shares
  • 973
    Shares
  • काठमाडौं, ६ चैत । नेपाली काँग्रेसका अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन् । 

    पार्टी केन्द्रिय कार्यसमितिको जारी पार्टीपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पेश गर्नुभएको हो । बैठकमा बोल्ने बहुमत सदस्यहरुले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने धारणा राखेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो ।

    प्रवक्ता चालिसेकाअनुसार अधिकांश सदस्यहरुले देशको पछिल्लो परिस्थिति र पार्टी पुननिर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अहिलेको समय परिस्थिति सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउने बेला उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘देशको परिस्थिति र पार्टीलाई नवजीवन दिनुपर्ने, पार्टीलाई पुनःनिर्माण गर्नुपर्ने र आधुनिकीकरण गरेर फेरी जनताले अपेक्षा गरेअनुसारकै काँग्रेस पार्टी बनाउने दायित्व यो समितिमा छ । यो समितिले नै १५ महाधिवेशन पनि सम्पन्न गर्नुपर्ने छ ।

    यो सबै परिस्थितिमा उहाँले नैतिकताको आधारमा दिएको राजीनामालाई हामीले उच्च मूल्याङ्कन गर्दै त्यसलाई अस्वीकार गर्ने प्रश्ताव पनि छ । त्यो प्रश्तावमा व्यापक छलफल भइरहेको छ । लगभग जतिपनि साथिहरुले अहिलेसम्म बोल्नुभयो उहाँहरुले यो परिस्थिति सम्हालिने बेला हो, पार्टीलाई फेरी जिम्मेवारीमा लिने हो भन्दै  राजीनामा अस्वीकृत गर्नुपर्र्ने धारणा आयो ।’

    सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामाको विषयमा बैठकमा छलफल भइरहेको छ । जारी बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतलाई स्वीकार्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।