शुक्रवार , चैत्र ६, २०८२
काठमाडौं, ६ चैत । काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ ।
नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसअनुसार हाबाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो । काठमाडौं उपत्यकासहित बुटबल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भू—भाग दिउँसै अन्धकारमय बनेको थियो ।
जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो । त्यसो त, मौसम विभागले पनि आज शुक्रवार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग ÷असिना÷हावाहुरी सहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको बताएको थियो ।
कोशी र मधेस प्रदेको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर बर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
