२०८२, चैत्र ५ गते

Mar 19 2026 | २०८२, चैत्र ५ गते

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

बिहिवार , चैत्र ५, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • काठमाडौं, ५ चैत । राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ ।

    छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८, २०२६ मा अलिएभ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच भएको टेलिफोन वार्ता पछि यो सहायताको व्यवस्था गरिएको हो ।

    यस खेपमा ८२ टन सहायता सामग्री रहेको छ, जसमा ७६ टन खाद्यान्न, चार टन औषधि र दुई टन चिकित्सा उपकरणहरू समावेश छन् । यी सामग्रीहरू पाँचवटा ट्रकमार्फत ढुवानी गरिएका छन् ।

    जसमा नजिकिँदै गरेको चाडपर्वको अवसरमा दिइने उपहार र नौरोजसँग सम्बन्धित सामग्रीहरू पनि रहेका छन् । अजरबैजानका लागि इरानका राजदुत मोजतबा डेमिर्चिलुले पत्रकारहरूसँग कुरा गर्दै इरानलाई मानवीय सहायता पठाउने पहिलो देश अजरबैजान भएकोमा तेहरानले यसको स्वागत गरेको बताउनु भयो ।

    इरानलाई सहायता पु¥याउन ट्रान्जिट मार्गको रूपमा आफ्नो भूभाग प्रयोग गर्न अनुरोध गर्दै धेरै तेस्रो देशहरूले अजरबैजानलाई सम्पर्क गरेका छन् ।