२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

जागरुकको स्थापना दिवसमा मानवसेवा आश्रमका आश्रितलाई भोजन

शनिवार , फाल्गुण ३०, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, ३० फागुन । बुटवलको सुख्खानगरस्थित मानवसेवा आश्रममा जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवसका अवसरमा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदै आश्रममा रहेका ५५ जना आश्रितलाई भोजन गराइएको सहकारीले जनाएको छ।

    कार्यक्रममा सहकारीका अध्यक्ष हिमलाल भट्टराईले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी समाजसँग जोडिने कार्यमार्फत मनाउनुपर्ने बताउनुभयो।

    उहाँले सहकारीको उद्देश्य आर्थिक कारोबारसँगै सामाजिक सेवामा पनि सक्रिय रहने रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
    निवर्तमान अध्यक्ष लक्ष्मण बस्यालले सहकारी संस्थाहरूले समुदायसँग प्रत्यक्ष सम्बन्ध राखेर सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूसँग समय बिताउन पाउँदा सहकारी परिवारलाई विशेष सन्तोष मिलेको उल्लेख गर्नुभयो ।

    सहकारीका सचिव कृष्ण पोख्रेलले सहकारीले विगतदेखि नै सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा गरिएको भोजन कार्यक्रमले सहकार्य र मानवताको सन्देश दिएको बताउनुभयो ।

    कार्यक्रम संयोजक थानेश्वर अर्यालले सहकारीका सदस्य र पदाधिकारीको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले सहकारीलाई समाजसँग अझ नजिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    मानवसेवा आश्रमका अभिभावक शेरबहादुर गौतमले सहकारी संस्थाले आश्रममा आश्रित व्यक्तिहरूलाई सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले आश्रमका बासिन्दालाई ठूलो हौसला मिल्ने बताए । कार्यक्रममा मानवसेवा आश्रमको सह–संयोजक रीता थापालगायतले बोल्नुभएको थियो ।\

    61f2b8d7-c4e1-4161-916b-5a6a9e99e905.jfif

    सहकारीले स्थापना दिवसको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम समेत गरेको थियो । सहकारीका अनुसार सामाजिक सेवामूलक गतिविधिमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।