२०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कालिका कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थीद्वारा छात्रवासका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

शनिवार , फाल्गुण ३०, २०८२

  • 973
    Shares
  • 973
    Shares
  • बुटवल, ३० फाुगन । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल उपमहानगरपालिका–१२ रामनगर (सेक्टर २) व्यवस्थापन संकाय कक्षा १२ का विद्यार्थीहरुले सोही विद्यालयका छात्रवासमा बसेर अध्ययन गर्दै आएका विपन्न विद्यार्थीहलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । 

    कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुले आफूले जम्मा गरेको स–सानो रकमबाट विद्यालयको छात्रवासमा रहेर अध्ययन गर्दै आएका विपन्न, बेसहारा विद्यार्थीहरुको लागि स्टेशनरीमा कापी, कलम, पाठ्य सामग्रीसहितका सहयोग प्रदान गरेका हुन् । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक (सेक्टर २) विष्णुहरी ज्ञवालीसहित विद्याय विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीतामा उक्त सहयोग प्रदान गरिएको हो ।

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुले गरेको रचनात्मक सामाजिक उत्तरदायित्वसहितको कार्यको उच्च प्रंशसा गर्नुभयो । कक्षा १२ पुरा गरेर उच्च शिक्षा अध्ययनको लागि जाने विद्यार्थीहरुको लागि उच्च शैक्षिक सफलताको कामना समेत व्यक्त गर्नुभयो । 

    उक्त सामाजिक उत्तरदायित्वसहितको कार्यक्रमको संयोजन विद्यालयका सेक्टर २ इञ्चार्च कृष्ण गौतमले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी आशिस खराल गर्नुभएको थियो । कार्यक्रममा छात्रावास संयोजक सहित, कक्षा व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक र कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।