२०८२, फाल्गुण ३० गते

Mar 14 2026 | २०८२, फाल्गुण ३० गते

पिताजस्तो रक्षक, गुरु र देवता कोही पनि छैन : बालेन शाह

शुक्रवार , फाल्गुण २९, २०८२

  • 286
    Shares
  • 286
    Shares
  • भैरहवा, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य बालेन्द्र शाह (बालेन)ले पिताजस्तो रक्षक गुरु र देवता पनि कोही पनि नभएको बताउनुभएको छ।

    नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति समवेदना व्यक्त गर्नुभएको छ । सामाजिक संजाल फेसबुकमा शाहले लेख्नुभएको छ–‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ–पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु । पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, बैकुण्ठवास होस् ।’

    केपी ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । स्वर्गीय मोहनप्रसादका दुई छोरा र तीन छोरी छन् ।