२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

पक्लिहवा माविमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

शुक्रवार , फाल्गुण २९, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २९ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । श्री पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाज, रुपन्देहीको आयोजनामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    समाजका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षता, विद्यालयका पूर्व प्रधानाध्यापक दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको विशिष्ट आतिथ्यता, राजकुमार भरको स्वागत तथा समाजका महासचिव माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

    WhatsApp Image 2026-03-13 at 7.26.45 AM (1).jpeg

    कार्यक्रममा विद्यालय नर्स अनिता के.सी. पाण्डेले सहजीकरण गर्नुभएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने श्री पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजका महासचिव माधव शर्माले बताउनुभयो ।