२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

फागुन ३० गते भैरहवामा १७ औं लियो कर्पोरेट सुपर सिक्स क्रिकेट

बिहिवार , फाल्गुण २८, २०८२

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, २८ फागुन । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा यही फागुन ३० गते शनिबार ‘मेगा केमिकल्स इण्डष्ट्रिज १७ औं लियो सुपर सिक्स क्रिकेट टुर्नामेन्ट’ हुने भएको छ । विगत १६ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको यो क्लबले यस वर्ष पनि निरन्तरता दिने बिहीबार भैरहवामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

    यस क्षेत्रका कर्पोरेट हाउस विशेष गरी बैंक तथा वित्तीय संस्थाहरुबीच आपसी भाइचारा स्थापित गर्दै क्लबको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गर्ने सामाजिक क्रियाकलापको निम्ति कोष संकलन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष विमल गौताले बताउनुभयो । प्रतियोगिता सञ्चालनपछि बचेको रकम सामाजिक कार्यमा लगाइने उहाँले जानकारी दिनुभयो । अध्यक्ष गौतमका अनुसार प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहनेछ । सहभागी टीममा सानिमा बैंक, नबिल बैंक लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड रहेका छन् ।

    प्रतियोगितामा प्रथम हुने टीमलाई २० हजार र द्धितीय हुनेलाई १० हजार नगदका साथै सम्पूर्ण खेलमा प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज, बेस्ट बेटर अवार्ड, बेस्ट बलर अवार्ड, बेस्ट फिल्डर अवार्ड, बेस्ट डिसिप्लीन अवार्ड, फस्ट रजिष्टे«शन टीम अवार्ड, सम्पूर्ण विजेता टीमलाई मेडल, ट्रफीको व्यवस्था गरिएको कार्यक्रम संयोजक ज्ञान प्रकाश जैसवालले बताउनुभयो । 
    प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहान ८ बजेदेखि सुरु हुने लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष मनिष ढकालले बताउनुभयो । सम्पूर्ण खेलहरु शनिबार नै समापन हुने क्लबका पूर्वअध्यक्ष गौतम गुप्ताले जानकारी दिनुभयो ।

    रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको प्रायोजकमा मेगा केमिकल इण्डष्ट्रिज र सह–प्रायोजकमा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीयमयस) रहेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार अन्य संघ–संस्था तथा व्यवसायीहरुले प्रतियोगितालाई सफल बनाउन ब्यानर स्पोन्सर गरेका छन् । पत्रकार सम्मेलनमा लियो क्लब अफ सिद्धार्थनगरका मेम्बरसीप चेयरपर्सन अरुण अधिकारी, सचिव सचिन कंडेल लगायतले बोल्नुभएको थियो ।