बुधवार , फाल्गुण २७, २०८२
काठमाडौं, २७ फागुन । नेपाली काँग्रेसको राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका वहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया शुरु भएको हो ।
गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, वागमती प्रदेशबाट गीता देवकोटा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए ।
राष्ट्रिय सभामा काँग्रेस अब २५ सांसदसहित सबैभन्दा ठूलो पार्टी बनेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij