२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

मतदाता शिक्षा प्रभावकारी नहुँदा रुपन्देहीमा ३८ हजार बढी मत बदर

बुधवार , फाल्गुण २७, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • भैरहवा, २७ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा रुपन्देही जिल्लामा ३८ हजार बढी मत बदर भएको छ । प्रतिनिधि सभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन (प्रत्यक्ष) तर्फ २२ हजार ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार ७ सय २७ गरी ३८ हजार ७ सय ६२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

    कार्यालयका अनुसार प्रत्यक्षतर्फ रुपन्देही–१ मा ४ हजार ८ सय ५९, रुपन्देही–२ मा २ हजार २ सय ९०, रुपन्देही–३ मा ४ हजार १ सय ६२, रुपन्देही–४ मा ४ हजार ९ सय ७७ र रुपन्देही–५ मा ५ हजार ७ सय ४७ मत बदर भएको छ ।

    त्यस्तै समानुपातिकतर्फ रुपन्देही–१ मा ३ हजार ६ सय ८, रुपन्देही–२ मा १ हजार ५ सय १७, रुपन्देही–३ मा २ हजार ९ सय ५६, रुपन्देही–४ मा ३ हजार ९ सय ७७ र ५ मा ४ हजार ६ सय ६९ मत बदर भएको छ ।

    प्रत्यक्षतर्फ रुपन्देही–१ मा ९६ हजार ८ सय ५९, २ मा ८६ हजार ३ सय ३, ३ मा ९३ हजार ५ सय ७६, ४ मा ७७ हजार १५ र ५ मा ८४ हजार ५ सय ७२ गरी ४ लाख ३८ हजार ३ सय २५ मत खसेको थियो ।

    त्यसै गरी समानुपातिकतर्फ रुपन्देही क्षेत्र नम्बर १ मा ९७ हजार १७, २ मा ८६ हजार ९ सय १३, ३ मा ९४ हजार २ सय ३२, ४ मा ७७ हजार ५ सय ९४ र ५ मा ८५ हजार ६ सय ७४ गरी ४ लाख ४१ हजार ४ सय ३० मत खसेको थियो ।

    जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले रुपन्देहीमा प्रत्यक्षतर्फ ५ दशमलव ३ र समानुपातिकतर्फ ३ दशमलव ७९ प्रतिशत मत बदर भएको जानकारी दिनुभयो । ‘यति धेरै मत बदर हुनुको कारण मतदाता शिक्षा प्रभावकारी नभएकै मान्नुपर्यो । फागुन ३ देखि १७ गतेसम्म निर्वाचन आयोगले जिल्लाका प्रत्येक स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम लागू गरेको थियो ।  प्रत्येक वडामा एक–एकजना स्थानीय महिला स्वास्थ्य स्वयंसेविका खटाएर प्रत्येक टोल, बस्ती र घरघरमा पुगेर मतदाता शिक्षा प्रदान गर्न खटाएको थियो । तर, त्यति गर्दैगर्दा पनि बदर मतको प्रतिशत हेर्दा मतदाता शिक्षा नपुगेको जस्तो देखिएको छ, ’अर्यालले भन्नुभयो । बदर मतको प्रकृति हेर्दा मतपत्रमा दुई वा दुई भन्दा बढी चिन्हमा मत संकेत गरिएको देखिएको उहाँले जानकारी दिनुभयो ।

    रुपन्देहीमा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।