२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

रुपन्देही–३ : स्वतन्त्र उम्मेदवारमध्ये जीत बहादुरलाई सबैभन्दा बढी मत

बुधवार , फाल्गुण २७, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २७ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी मत जीत बहादुर गुप्ता (जे.बी.) ले प्राप्त गर्नुभएको छ । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का अनुसार गुप्ताले ६०१ मत प्राप्त गर्नुभएको छ । निर्वाचन परिणाम आइसकेपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ–‘कनेक्सन छ त्यसैले डर छैन, ६०१ को सलामी छ ।’

    अन्य सम्पूर्ण स्वतन्त्र उम्मेदवारले भने १ सय मत भन्दा कम ल्याएका छन् । यो क्षेत्रबाट १७ जना स्वतन्त्र र १९ जना राजनीतिक दलबाट गरी ३६ जनाले उम्मेदवारी दिएका थिए । 
    गुप्ता २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार भइ तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । शिक्षण पेशाबाट राजनीतिमा आउनुभएका गुप्ता सिद्धार्थनगर नगरपालिका–१ को स्थायी बासिन्दा हुनुहुन्छ ।