२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

रुपन्देहीमा ६ लाख बढीको सामान बरामद

मंगलवार , फाल्गुण २६, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २६ फागुन । रुपन्देही प्रहरीले ६ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको अन्दाजी मूल्य ६ लाख २९ हजार २ सय बराबरको सामान बरामद गरेको हो ।

    बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।

    बरामद गरिएको सामानमा काचो केरा, लेडिज चप्पल, एल्बो सकेट, मोबिल, कुरकुरे, सर्फ, बोइलर कुखुरा, तेल, बिस्कुट, चिनी, मैदा, स्प्राईट, सलाई, बाल बिटा, बेबि भेस्ट, फलामको चेन, विभिन्न किराना सामग्री, सामान ल्याउन प्रयोग गरिएका दुईवटा मोटरसाईकल लगायत रहेका छन् ।