२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

भीम अस्पताललाई १२ हजार थान मास्क हस्तान्तरण

मंगलवार , फाल्गुण २६, २०८२

  • 319
    Shares
  • 319
    Shares
  • भैरहवा, २६ फागुन ।  चोङ्ग हुवा बौद्ध विहार लुम्बिनीले रुपन्देहीको भैरहवास्थित भीम अस्पताललाई १२ हजार थान मास्क हस्तान्तरण गरेको छ । सोमबार बौद्ध विहारले अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, अस्पताल प्रमुख डा. वर्षा थापालगायतलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

    अस्पताल प्रमुख डा. वर्षा थापाले जिल्ला अस्पताललाई सहयोग गरेको भन्दै बौद्ध बिहारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन आगामी दिनमा पनि सहयोगको अपेक्षा राखिएको बताउनुभयो । ‘अस्पतालको विकासका लागि यहाँहरुसँग आगामी दिनमा पनि सहकार्य गर्नेछौं, ’उहाँले भन्नुभयो ।

    नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष मनिष कुमार जोशीले बौद्ध विहार र अस्पतालबीचको सहकार्यमा आगामी दिनमा पनि योजनासहित सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा कामहरु अघि बढाउने बताउनुभयो । नेपाल नेपाल–चीन मैत्री समाजको समन्वय र सहकार्यमा चोङ्ग हुवा बौद्ध विहारले अस्पताललाई मास्क प्रदान गरेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।