२०८२, फाल्गुण २५ गते

Mar 09 2026 | २०८२, फाल्गुण २५ गते

सिद्धार्थ पाठशालाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

सोमवार , फाल्गुण २५, २०८२

  • 100
    Shares
  • 100
    Shares
  • भैरहवा, २५ फागुन ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित सिद्धार्थ पाठशालाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य प्रवद्र्धन र जनचेतना अभिवृद्धिमा पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सीमित स्रोतसाधन र चुनौतीका बाबजुद पनि स्वयंसेविकाहरूले निरन्तर समुदायको हितका लागि सेवा दिँदै आएको भन्दै उनीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

    उपप्रमुख अधिकारीले महिला सशक्तिकरणको दृष्टिकोणबाट पनि स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्ता सम्मान तथा प्रेरणादायी कार्यक्रमहरूले महिलाहरूको मनोबल बढाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले पनि स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 

    त्यस्तै विद्यालयका कार्यकारी निर्देशक दिनेश बस्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरूको निःस्वार्थ सेवाको प्रशंसा गर्दै भविष्यमा यसप्रकारका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले सिद्धार्थ पाठशालाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्य स्वयंसेविकाहरुलाई पहिलोपटक सम्मान गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताउनुभयो । उहाँले सिद्धार्थ पाठशालाले आधुनिक कक्षाकोठासँगै निद्यार्थीको सिकाईमा नयाँ तरिका र प्रविधिबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा विद्यालयकी संयोजक अनिता त्रिपाठीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य सुधारमा पु¥याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । त्रिपाठीले आगामी दिनमा पनि विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा महिला सशक्तिकरणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सिद्धार्थ पाठशालाका उपाध्यक्ष शेराज खान, शिक्षकहरु कुसुम चौधरी, सपना चौधरी, मिस म्यारी, सिवानी, शिक्षक, अभिभावक, महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायतको उपस्थिति थियो ।