२०८२, फाल्गुण २५ गते

Mar 09 2026 | २०८२, फाल्गुण २५ गते

महिला सशक्तिकरणका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

आइतवार , फाल्गुण २४, २०८२

  • 676
    Shares
  • 676
    Shares
  • पाल्पा, २४ फागुन । ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाल्पाको तिनाउ गाउँपालिकामा गठित महिला समन्वय समितिले महिला सशक्तिकरणका लागि क्षमता अभिवृद्धि तालिम आइतबार दोभानमा सम्पन्न गरेको छ । 

    तालिम समापन कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिका अध्यक्ष तथाकार्यक्रमका प्रमुख अतिथि प्रेम श्रेष्ठले गाउँपालिकाले ‘महिला पहिला’ बनाउने अभियानलाई जोड दिएको बताउनुभयो । त्यसका लागि महिला सशक्तिकरण र आयमुखी कार्यक्रम सञ्चालनका लागि अध्यक्षसँग ईलम कार्यक्रम रहेको उहाँले बताउनुभयो । तिनाउ गाउँपालिकाले कृषि, पर्यटन, पशुपालन र उद्यमशीलतामा जोड दिदै अघि बढेको उहाँले जानकारी दिनुभयो ।  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उहाँले महिलाहरुलाई नेतृत्वका निम्ति तयार रहन समेत सुझाउनुभयो । 
    कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा मात्र अधिकारका कुरा नगरी समावेशी तरिकाले सदैव अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महिलाहरुलाई सशक्तिकरण गर्दै उद्यमशीलतामा जोड दिनुपर्ने उहाँको तर्क छ । पालिकाले उद्यमी महिला निर्माण गर्दै स्वरोजगारमा जोड दिएको उहाँले बताउनुभयो । सीपलाई श्रमसँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

    तालिमको सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङले गर्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला  र नेपाली महिलाको अवस्था, लैंगिक समता, महिला उद्यमशीलता र महिला सशक्तिकरण विषयमा सहजीकरण गर्नुभएको थियो ।

    WhatsApp Image 2026-03-08 at 3.03.07 PM.jpeg

    तालिममा गाउँपालिकाभित्र रहेका ६ वटै वडाका ३० वटा महिला समूहहरुको सहभागीतो थियो । तालिममा सहभागीकातर्फबाट दुर्गा भण्डारी, गोपिका  पौडेल बस्याल  र पम्पा मगरले तालिम प्रभावकारी रहेको र निरन्तर सञ्चालन हुँदा महिलाहरु सक्षम र सबल हुने बताउनुभयो ।