२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

म हिम्मत हार्ने र हरेश खाने व्यक्ति होइन : भोपेन्द्र यादव

आइतवार , फाल्गुण २४, २०८२

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, २४ फागुन । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले आफू हिम्मत हार्ने र हरेस खाने व्यक्ति नभएको बताउनुभएको छ । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियालाई बधाई दिदै उहाँले यस्तो बताउनुभएको हो ।

    हालै सम्पन्न निर्वाचनमा रुपन्देही–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनुभएका नेता यादवले कुनै दिन इतिहास रच्ने काबिलियत आफूले राख्ने र त्यो दिन पनि आउने बताउनुभयो । 

    ‘यो कठिन परिस्थिति एवं देशव्यापी सुनामीमा मसँगै अहोरात्र खटी तन, मनले योगदान गर्नुहुने मेरो इमान्दार समर्थक, शुभचिन्तक, सेवक, नेता, कार्यकर्ता सम्पूर्णमा हार्दिक धन्यवाद तथा मित्रवत प्रतिष्पर्धामा संलग्न भइ निर्वाचित हुनुभएका प्रिय मित्र माननीय कन्हैया बनियाज्यूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना, ’उहाँले भन्नुभयो ।