२०८२, फाल्गुण २४ गते

Mar 08 2026 | २०८२, फाल्गुण २४ गते

पूर्वी लेबनानमा इजरायली आक्रमण र झडपपछि मृत्यु हुनेको संख्या ४१ पुग्यो

आइतवार , फाल्गुण २४, २०८२

  • 229
    Shares
  • 229
    Shares
  • काठमाडौं, २४ फागुन । पूर्वी लेबनानको नबी चित गाउँमा इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

    अन्य ४० जना घाइते भएका लेबनानका अधिकारीहरूले बताएका छन् । सार्वजनिक स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक विज्ञप्तिमा  बालबेक जिल्लाको नबी चित र वरपरका शहरहरूलाई लक्षित गरी इजरायलले गरेको श्रृंखलावद्ध आक्रमण भएको थियो ।

    हिजबुल्लाहले आफ्ना सदस्यहरूले हेलिकप्टरहरू देखेको र पछि अगाडि बढिरहेको इजरायली पैदल सेनासँग गोली हानाहान गरेको बताएको छ । नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएपछि हिजबुल्लाहले सोमवार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो । जुन समूहको पहिलो यस्तो आक्रमण थियो ।

    त्यसयता इजरायलले हिजबुल्लाह विरुद्ध आक्रामक सैन्य अभियान भन्दै भारी हवाई आक्रमणका साथै सीमामा स्थलगत घुसपैठ र लिटानी नदीको दक्षिण र बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरूका लागि खाली गर्न चेतावनीहरू जारी गरेको छ ।