२०८२, फाल्गुण २४ गते

Mar 08 2026 | २०८२, फाल्गुण २४ गते

लोकतन्त्रको सुन्दरता नै जनताको निर्णयलाई सम्मान गर्नु हो : सुशील गुरुङ्ग

आइतवार , फाल्गुण २४, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, २४ फागुन । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ्गले जनताको निर्णयलाई सम्मान गर्नु नै लोकतन्त्रको सुन्दरता रहेको बताउनुभएको छ । उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही–३ बाट विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.लेखजंग थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

    हालै सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका युवा नेता गुरुङ्गले यस क्षेत्रका सम्पूर्ण मतदाताहरुले लोकतान्त्रिक प्रक्रियामा सहभागी भइ दिनुभएको अमूल्य मत र समर्थनका लागि धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ ।

    ‘भविष्यमा पनि रुपन्देही क्षेत्र नम्बर ३ को विकास, समृद्धि र जनताको हितका लागि सधै सकारात्मक रुपमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो ।