२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

काँग्रेस रुपन्देहीका उपसभापति घिमिरेले किन दिए राजीनामा ?

शनिवार , फाल्गुण २३, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २३ फागुन  । नेपाली काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले पदबाट राजीनामा दिनुभएको छ । काँग्रेस रूपन्देही जिल्ला कार्यसमितिको उपसभापति पदबाट शनिबार (आजकै) मितिदेखि लागू हुने गरी जिल्ला सभापतिसमक्ष राजीनामा पेश गरेको घिमिरेले जानकारी दिनुभयो ।

    ‘हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्रमा पनि काँग्रेसले सफलता हासिल गर्न नसकेकोले निर्वाचनको यो अवस्थालाई मध्यनजर गर्दै उक्त परिणामप्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा पेश गरेको छु, ’उहाँले भन्नुभयो ।

    पार्टीले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने अवसरका लागि उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । ‘आगामी दिनमा पनि म पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै पार्टीको सक्रिय सदस्यको रूपमा संगठनलाई सुदृढ बनाउन निरन्तर लागिपर्ने विश्वास दिलाउन चाहन्छु । अतः मेरो राजीनामा स्वीकृत गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु, ’उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

    घिमिरे रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ ।