२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

जनताको सेवा गर्ने मेरो प्रतिबद्धता यही समाप्त हुँदैन : गौरव बोहरा

शनिवार , फाल्गुण २३, २०८२

  • 76
    Shares
  • 76
    Shares
  • भैरहवा, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)  बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता यही समाप्त नहुने बताउनुभएको छ । उहाँले रुपन्देही र देशको हितका लागि आफ्नो प्रयास निरन्तर रहने बताउनुभयो ।

    बोहराले रुपन्देही–३ का सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताउनुभयो । विजयी हुनुभएका डा. लेखजंग थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

    ‘यस निर्वाचनमा मलाई साथ, विश्वास र समर्थन दिनुहुने सबै मतदाता, शुभेच्छुक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरूप्रति म कृतज्ञ छु । तपाईंहरूको साथ मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ, ’उहाँले भन्नुभयो ।

    देशमा नयाँ राजनीतिक ऊर्जा र आशा जगाउने प्रयासका लागि भावी प्रधानमन्त्री बालेन शाह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई पनि पनि उहाँले बधाई दिनुभयो ।