शनिवार , फाल्गुण २३, २०८२
भैरहवा, २३ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.लेखजंग थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रास्वपाका उम्मेदवार डा.थापा ५८ हजार ८ सय १४ मतका साथ निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का उम्मेदवार बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का फैज अहमद खाँले २ हजार ५ सय ९४ मत ल्याउनुभयो ।
रुपन्देही–३ मा १ लाख ४० हजार ३५ मतदातामध्ये ९३ हजार ५ हजार ५ सय ७६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीले जनाएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij