२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

हाम्रो साझा लक्ष्य रुपन्देही–४ को विकास र जनताको सेवा : आशुतोष मिश्र

शनिवार , फाल्गुण २३, २०८२

  • 925
    Shares
  • 925
    Shares
  • भैरहवा, २३ फागुन । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार आशुतोष मिश्रले रुपन्देही–४ को हितका र जनताको सेवाका लागि आफू सधै जनताको साथमा रहने बताउनुभएको छ ।

    प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनियालाई बधाई तथा शुभकामना दिदै उहाँले जनताको विश्वासबाट प्राप्त यो विजय केवल व्यक्तिगत सफलता नभइ यो रुपन्देही–४ को भविष्य, विकास र समृद्धिको जिम्मेवारी पनि भएको बताउनुभयो ।

    ‘रुपन्देही–४ को हित र जनताको सेवाका लागि म हिजो पनि तपाईंको साथमा थिएँ, आज पनि साथमै छु र भोलि पनि साथमै रहनेछु । हाम्रो साझा लक्ष्य–रुपन्देही–४ को विकास र जनताको सेवा, ’उहाँले भन्नुभयो ।