२०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जनताको साथमै हामी रहन्छौं : प्रमोद यादव

शनिवार , फाल्गुण २३, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares

  • भैरहवा, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोद कुमार यादवले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको छ। 
    रुपन्देही–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनियासहित निर्वाचित सम्पूर्णलाई बधाई तथा शुभकामना दिदै जिल्ला तथा क्षेत्रको विकास गर्न आग्रह गर्नुभयो ।  उहाँले आफूबाट केही सहयोग आवश्यक भए सधै साथमा रहेको बताउनुभयो ।

    ‘चुनावको परिणाम स्वीकार गर्नुपर्छ, मलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि जनताको साथमै हामी रहन्छौं, ’उहाँले भन्नुभयो । 

    यो देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर आएको उहाँले बताउनुभयो । ‘रवि लामिछाने र बालेन शाहलाई शुभकामना दिन चाहन्छु । यो देशलाई राम्रोसँग चलाउनुस्, मेरो शुभकामना छ, ’यादवले भन्नुभयो ।

    रुपन्देही–४ बाट सम्पन्न प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया निर्वाचित हुनुभएको छ ।

    निर्वाचन अधिकृत टोपबहादुर विष्टका बनियाले २८ हजार ६६ मत प्राप्त गरी बनिया निर्वाचित हुनुभएको जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । यादव २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।