शुक्रवार , फाल्गुण २२, २०८२
भैरहवा, २२ फागुन । रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । ५ हजार ६ सय १ मतगणना हुँदा रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले ३ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ४७०, नेकपा (एमाले) का बासुदेव घिमिरेले ४१८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार क्याप्टेन गौरव बोहराले ४९२ प्राप्त गर्नुभएको छ । २२७ मत भने बदर भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij