सोमवार , फाल्गुण १८, २०८२
भैरहवा, १८ फागुन । तिरुपति स्पोर्टस क्लब रुपन्देहीको अध्यक्षमा खेमराज भुषाल चयन हुनुभएको छ । क्लबको आइतबार भैरहवामा सम्पन्न पदस्थापन समारोहमा निवर्तमान अध्यक्ष राजकुमार गुप्ताले नयाँ कार्यसमितिको घोषणा गर्नुभएको हो ।
क्लबको वरिष्ठ उपाध्यक्षमा कैलाश गुप्ता, उपाध्यक्षमा संजीव जोशी, सचिवमा प्रिय बन्धु न्यौपाने, कोषाध्यक्षमा मनोज भण्डारी, सह–सचिवमा भूवन राणा र सह–कोषाध्यक्षमा कृष्ण कुँवर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सन्तोष भुषाल, हरिस सेठिया, विजय खरेल, प्रेम बेलबासे, शारदा मल्ल, सुजित श्रीवास्तव सदस्य, पिताम्बर न्यौपाने, विजय ज्ञवाली र दिप आचार्य रहनुभएको निवर्तमान अध्यक्ष राजकुमार गुप्ताले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खलाडी तथा सहायक प्रशिक्षक, लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक बसन्त शाहीले तिरुपति स्पोर्टस क्लब इतिहास बोकेको क्लब भएको बताउनुभयो । उहाँले यो क्लबबाट झण्डै दुई दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको र अघिल्लो कार्यसमितिको उत्कृष्ट कार्य गरेकोमा बधाई र नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष भुषालले आफ्नो कार्यकालमा क्लबलाई अझ उचाइमा पुर्याउने र नयाँ खेलाडी उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रशिक्षक शाहीको योगदानको सम्मान गर्दै उहाँलाई सम्मानपत्र र नगदसहित विशेष सम्मान गरिएको थियो । त्यस्तै क्लबका आजीवन सदस्य संजिव शर्मा रेग्मीलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij