२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

रेम्डिसिभिर बढी मूल्यमा बेचे कारवाही हुने

मंगलवार , बैशाख २१, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • काठमाडौं, २१ वैशाख । 
    सरकारले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर कालोबजारी गर्नेलाई कारवाही गर्ने भएको छ । कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी तथा बढी मूल्यमा बेचेको पाइएमा कडा कारवाही गरिने औषधि व्यवस्था विभागले जनाएको छ । 

    विभागका महानिर्देशक वसन्त भट्टराईले एक सूचना जारी गर्दै कोभिडका बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर बढी मूल्यमा बेचेको जनगुनासो आएकाले खोजी गरी कारवाही गरिने निर्णय भएको बताएका छन् । भट्टरार्इृका अनुसार रेम्डिसिभिरको एक मात्राका लागि करीब रु.पाँच हजार पर्छ ।

    संक्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदना समेत ख्याल नगरी अधिकतम खुद्रा मूल्य भन्दा बढीमा विक्री गर्नेलाई कारवाही गरिने महानिर्देशक भट्टराईले जानकारी दिए ।
    विभागले अधिकतम खुद्रा मूल्य भन्दा बढीमा विक्रीवितरण नगर्न/नगराउन तथा तोकेको खुद्रा मूल्य भन्दा बढीमा खरीद नगर्न सबैमा आग्रह समेत गरेको छ । अहिले संक्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको सूचना पाइएको छ ।